मेगा बैंकले असार २९ गते बोलायो एजिएम

काठमाडौं, ७ असार । मेगा बैंक नेपालले असार २९ गते सातौं वार्षिक साधारण सभाको लागि शेयरधनीहरुलाई बोलाएको छ । बैंकले उक्त सभामार्फत ६ जना संचालकहरु चयन गर्नेछ । जसमध्ये ३ जना संस्थापकको तर्फबाट र ३ जना सर्वसाधारण समुहबाट हुनेछ ।

उक्त साधारण सभामा बैंकको हालको चुक्ता पुँजीको १०.७५३९ बोनस शेयर दिने प्रस्ताव गर्दैछ । बैंकको हाल चुक्ता पुँजी ९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब २४ करोड रुपैयाँ पुग्नेछ ।

साधारण सभाको लागि बैंकले असार १४ देखी २९ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ । बोनस शेयर सुरक्षित गर्न लगानीकर्ताहरुले असार १३ गतेसम्ममा बैंकको शेयर खरिद गर्न आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *