Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

काठमाडाैं,८ मंसिर ।  विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति र स्वच्छता सेवाहरू सुदृढ बनाउने प्रयासमा सहयोग गर्नका लागि १६ करोड ३० लाख अमेरिकी डलरको परियोजनालाई स्वीकृत गरेको छ ।

यसबाट एक लाख ७५ हजारभन्दा बढी मानिसलाई लाभ हुने बैंकले गत बुधबार एक प्रेस विज्ञप्तिमा जनाएको छ ।

सन् २०२२ मा एक तिहाइभन्दा पनि कम कम्बोडियाली जनतासँग सुरक्षितरूपमा व्यवस्थित पानी आपूर्तिसम्म पहुँच रहेको र एक तिहाइभन्दा धेरैले सुरक्षितरूपमा व्यवस्थित स्वच्छताको प्रयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

“यो सहयोगले सरकारलाई सबै कम्बोडियाबासीका लागि यी आवश्यक सेवाहरू उपलब्ध गराउनका लागि एउटा बलियो आधार निर्माण गर्न सहयोग गर्नेछ र हाल विशेषरूपमा वञ्चित रहेका गरिब तथा ग्रामीण क्षेत्रहरूमा महिला र मानिसहरूलाई तीव्र लाभ पुर्याउनेछ”, कम्बोडियामा विश्व बैंकका कन्ट्री मेनेजर मरियम सलिमले भने ।

छ वर्षे पानी आपूर्ति तथा स्वच्छता परियोजनाले सुरक्षित पानी तथा स्वच्छतासम्म पहुँच बढाउने, विद्यमान प्रणालीहरूको सञ्चालन र रेखदेखमा सुधार गर्ने तथा सेवाहरूको स्थिरता सुनिश्चित गर्नका लागि सरकारी काममा सहयोग गर्नेछ ।

कम्बोडियाका उद्योग, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री हेम भान्डीले भने, “जल क्षेत्र उत्थानशील, दिगो विकास र अर्थतन्त्रलाई बढाउनका लागि प्राथमिकता भएको क्षेत्र हो ।”

“उद्योग, विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयले पानी आपूर्ति गतिविधिहरूलाई लागु गर्नेछ भने सार्वजनिक निर्माण तथा यातायात मन्त्रालयले परियोजनाअन्तर्गत सहरी स्वच्छता गतिविधिहरूलाई लागु गर्नेछ”, विज्ञप्तिमा उल्लेख छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x