Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्रीको चीन भ्रमण – चर्चा बढी उपलब्धि कम   

प्रधानमन्त्रीको चीन भ्रमण – चर्चा बढी उपलब्धि कम   

काठमाडौ,८ असार।  नेपाल र चीनबीच केरुङबाट रसुवागढी हुँदै काठमाडौँसम्म जोड्ने रेल निर्माण लगायतका १० वटा सम्झौता तथा चारवटा समझदारी पत्रमा हस्ताक्षर भए । तर पनि भ्रमणबाट सोचे जस्तो सफल्ता हासिल गर्न नसकेको विश्लेषण गर्न थालिएको  छ । कतिपयले भ्रमणलाई सहमति र सम्झौताहरुको संख्या बढाउने भ्रमणका रुपमा मात्रै अर्थाएका छन् । नेपाल चीन बीच पारवाहन समझौता प्रोटोकलमा हस्तक्षर हुन नसक्नुले यस प्रकारको विश्लेषणलाइ थपबल पुर्याएको छ । भ्रमणमा नेपालले समुद्रसम्म पहुँच पाउने गरी व्यापार तथा पारवाहनसम्बन्धी सम्झौता प्रोटोकोलमा हस्ताक्षर हुने चर्चा चले पनि त्यसमा खासै प्रगति भएन । जसले नेपालको दक्षिणी नाकाको निर्भरतालाइ कायमै राख्ने देखिएको छ । यसै गरी बजेटले स्वदेशी लगानीमा गर्ने  उल्लेख गरेको तर लगानी बोर्डले चिनिया कम्पनीसँगै रहेको भनिएको पश्चिम सेती जलविद्युत परियोजनामा सम्वन्धमा समेत कुनै प्रगति भएको देखिएन । पश्चिम सेती परियोजना छिटो सकाउन भ्रमणका सम्वन्धमा कुरा नआउनु चिनियाँ कम्पनीलाई ओली सरकारले चिढ्याएको विश्लेषण गर्न थालिएको छ  । यसै गरी निकै लामो सम्बन्ध रहेको उत्तरी छिमेकी चीनले पछिल्लो समय उनीहरूको महत्त्वाकांक्षी सडक योजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ मार्फत नेपालसँग सडक सञ्जाल जोड्न चाहेको देखाए पनि प्राथमिकताका साथ नेपालले स्वागत गर्न नसकेको जवाफ चीनले दिएको हो कि भन्ने प्रश्न उब्जिएको छ ।

भ्रमणको क्रममा चीन सरकार चीनका नीजि लगानीकर्ता सहित गरी   २३ वटा सहमती एव समझदारी बनेका छन् । संख्याका हिसाबले धेरैवटा सहमतिहरु भएको देखिए पनि परियोजनागत हिसाबले हेर्दा रेल्वे र प्रशारणलाइन बाहेक अन्य सहमितहरु खासै ठूला देखिँदैनन् ।यसका साथै सहमतिका कतिपय विषयहरु अमूर्त प्रकारका छन् ।

के भए त  समहती र समझदारीहरु  ?

१. चीन-नेपाल सहयोग कार्यक्रम एवं परियोजनाहरुको कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने समझदारी । (दुई देशका विदेशमन्त्रीद्वारा हस्ताक्षर)

२. दुई देशवीच आपसी सहयोगलाई मजबुद गर्ने सम्बन्धी सहमति । (दुई देशका विदेशमन्त्रीद्वारा हस्ताक्षर ।

३. उर्जामा सहयोग आदान-प्रदान गर्ने सहमति । (उर्जामन्त्री वर्षमान पुन र चीनका नेशनल इनर्जी एडमिनिष्ट्रेशनका एडमिनिष्ट्रेटरद्वारा हस्ताक्षर)

४. रेल्वे परियोजनामा सहयोगसम्बन्धी सहमति (भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ यातायातमन्त्रीद्वारा हस्ताक्षर )

५. तिब्बत, चीनमा नेपालद्वारा कार्गो यातायातका लागि राजमार्गको प्रयोगसम्बन्धी प्रोटोकोल । (मन्त्री रघुवीर महासेठ र चिनियाँ यातायातमन्त्रीद्वारा हस्ताक्षर)

६. मितेरी पुलको पुनर्निर्माणसम्बन्धी सहमति । (परराष्ट्र सचिव शंकर बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्रीद्वारा हस्ताक्षर)

७. रसुवा पुलको पुनर्निर्माणसम्बन्धी सहमति । (परराष्ट्र सचिव शंकर बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्रीद्वारा हस्ताक्षर)

८. उत्पादन क्षमतामा लगानी तथा सहयोगसम्बन्धी सहमति । (अर्थमन्त्रालयका सचिव राजन खनाल र चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्षद्वारा हस्ताक्षर ।)

९. मानव संशासधनमा सहयोग सम्बन्धी सहमति । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१०. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सहमति । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

११. नुवाकोट दरबारको पुनर्निर्माण सम्बन्धी पत्र आदान- प्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१२. रसुवामा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदान प्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१३. दोलखामा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदान प्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१४. सिन्धुपाल्चोकमा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदानप्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

हटेन चीनया आशंका  !

नेपाल चीनको प्राथमिकतामा छ तर त्यो केवल उसको तिब्बतको सुरक्षा जोखिमलाई केन्द्रमा राखेर मात्र हर्दै आएको स्पष्ट हुन्छ । चीनसँग दौत्य सम्बन्ध स्थापना भएयता नै नेपाल ‘एक चीन नीति’ को पक्षधर रहिआएको छ। तर पनि नेपालमा बेलाबखत भइरहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुनसक्ने घुसपैठले चिनियाँ पक्ष सशङ्क भएको देखिन्छ । तातो पानि नाकाको पुन संचालन अतिरिक्त थप नाका खोल्ने विषयमा सहमती नबन्नुले पनि यसलाइ थप स्पष्ट पारेको छ । यद्यपी चिनियाँ राष्ट्रपति सी चिनफिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बर (२०५३ मङ्सिर १९ र २० गते) दुई दिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्षले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । २०७३ को असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने तय भएको भनेर नेपाली राजनीतिमा चिया गफ हुने गरेको भएपनि सीले नेपाललाई वास्ता नगरी कम्बोडिया र बंगलादेशको भ्रमणमा निस्के । सार्क मुलुकमा सि ले नेपालको मात्र भ्रमण गरेका छैनन् । तर भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक नेपाल भ्रमण गरिसकेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x