Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

सुनको मूल्य एक वर्षमै २१ हजार बढ्यो, तोड्दै रेकर्ड

सुनको मूल्य एक वर्षमै २१ हजार बढ्यो, तोड्दै रेकर्ड

काठमाडाैं, १८ मंसिर । सुनको मूल्य लगातार उकालो लागेर नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । बिबाहकै सिजन (मंसिर)मा सुनको मूल्य आकाशिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिन (आइतबार) सुन एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य एक वर्षयताको तुलनामा २१ हजार रुपैयाँभन्दा बढी हो ।

गत वर्षको मंसिर महिनामा छापावाल सुन एक लाख एक हजारभन्दा कममा कारोबार भएको थियो । गत वर्षको मंसिरमा सुनको उच्च मूल्य एक लाख एक हजार रुपैयाँसम्म पुगेको थियो ।

तर, गत वर्षको मंसिर महिनाको १६ गते भने सुन प्रतितोला ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्यलाई आधार मान्दा सुनको मूल्य एक वर्षमै २१ हजारभन्दा बढीले वृद्धि भएको हो ।

गत वर्षको मंसिरमा तेजाबी सुन प्रतितोला एक लाखभन्दा कममा नै कारोबार भएको थियो । तर, यो वर्षको मंसिरमा भने तेजाबी सुनको मूल्य पनि एक लाख २० हजारभन्दा बढी पुगेको छ । त्यस्तै गत वर्षको मंसिरमा १४ सयभन्दा कममा कारोबार भएको चाँदी यो वर्षको मंसिरमा १५ सयभन्दा बढीमा कारोबार भएको छ । महासंघका अनुसार हाल चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्ला दिनमा सुन तथा चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाउँदै गएका छन् । विश्व बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको हो । युक्रेन र रूसबीचको द्वन्द्वका कारणले पनि सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x