सुनकाे मूल्य बढ्दा चाँदी स्थिर , आज कतिमा हुदैँछ काराेबार ?

काठमाडाैं, १८ मंसिर । आइतबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि ८ सय रुपैयाँले नै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँ निर्धारण गरिएकाे छ । आइतबार छापावाल सुन प्रतिताेला रू एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख २० हजार २०० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।
त्यसैगरी, आज चाँदीको मूल्यभने स्थिर रहेकाे छ । आइतबार प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि साेही मूल्य १५ सय ४५ रुपैयाँ नै निर्धारण गरिएकाे छ।