Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सिनर्जी फाइनान्सको हकप्रद शेयर असार २५ बाट

सिनर्जी फाइनान्सको हकप्रद शेयर असार २५ बाट

काठमाडौं, ८ असार । सिनर्जी फाइनान्सले असार २५ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले १ बराबर ०.२५ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ । उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावण २७ गते हुने जनाइएको छ ।

फाइनान्सले ११ करोड ८६ लाख २ हजार २४७ रुपैयाँ बराबरको ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यस हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । फाइनान्सले हकप्रद शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयरको आवेदन सि आस्वा प्रणालीको सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमार्फत गर्न सकिन्छ ।

हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी ५९ करोड ३१ लाख रुपैयाँ पुग्नेछ । फाइनान्सको हाल चुक्ता पुँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x