Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय बाणिज्य बैंकको उत्कृष्ट कार्यगर्ने कर्मचारी पुरस्कृत

राष्ट्रिय बाणिज्य बैंकको उत्कृष्ट कार्यगर्ने कर्मचारी पुरस्कृत

काठमाडौं, ८ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालय तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । गत वर्षको माघमा सम्पन्न बैंकको ५३ औं वाषिकोत्सबको अवसरमा घोषणा गरिएका शाखा कार्यालय र कर्मचारीहरुलाई बिहिबार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले पुरस्कार वितरण गरेका हुन ।

कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक नरेशराज अर्याललाई नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय नाराणपुर शाखाका प्रवन्धक खेम डांगीलाई नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी अन्य अत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद १० हजार देखि ३० हजार रुपैयाँ सम्म र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्नुहुंदै बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुदा आधुनिक सेवा दिनु पर्ने विचार व्यक्त गरे । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडी बढिरहेको जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x