Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धमा उच्च स्तरीय छानबिन हुने

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धमा उच्च स्तरीय छानबिन हुने

काठमाडाैं, २० मंसिर । सरकारले एनसेलको शेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न उच्च स्तरीय समिति गठन गर्ने भएको छ ।

सरकारको तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिमार्फत विस्तृत अध्ययन तथा छानबिन हुने बताइन् ।

मङ्सिर १३ गते एनसेलको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटा ग्रुपले एनसेल बिक्रीमा राख्ने निर्णय गरेको थियो । त्यसको दुई दिनपछि मङ्सिर १५ गते आजियाटाले साढे छ अर्ब रुपैयाँमा सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई ८० प्रतिशत शेयर बिक्री गरेको घोषणा गरेको थियो ।

एनसेलको शेयर खरिद बिक्री अप्रत्याशित र अस्वाभिवक भएको भन्दै सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x