Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

आलु प्याजमा भ्याट लगाइएकाे छैन : आन्तरिक राजस्व विभाग

आलु प्याजमा भ्याट लगाइएकाे छैन : आन्तरिक राजस्व विभाग

काठमाडौं, २३ मंसिर । आन्तरिक राजस्व विभागले आलु र प्याजमा मूल्य अभिवृद्धि कर नलगाएकाे बताएकाे छ । विभागले विज्ञप्ति जारी गर्दै आलु र प्याजसहित नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुहरूमा मूल्य अभिवृद्धि कर नलगाइएको स्पष्ट पारेको हाे ।

“आन्तरिक कृषिजन्य उत्पादनलाई प्रबर्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरूप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने बेहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,” सूचनामा भनिएकाे छ ।

पछिल्लो समय आलु, प्याजसहित नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुहरूमा मूल्य अभिवृद्धि कर लागेकाले बजारमा सहज आपूर्ति हुन सकिरहेकाे छैन ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *