Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

तेस्रोपटक सकारात्मक सर्किटसँगै आजका लागि सेयर कारोबार बन्द

तेस्रोपटक सकारात्मक सर्किटसँगै आजका लागि सेयर कारोबार बन्द

काठमाडौं, २४ मंसिर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तेस्रोपटक सकारात्मक सर्किट लागेपछि आजको कारोबार बन्द भएको छ ।

परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै  आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको हाे ।

आज ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतले बढेपछि पहिलाे सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो ।एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७  मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेकाे हाे ।

आज दुई सय ४४ कम्पनीको १३ लाख ६७ हजार छ सय १५ कित्ता शेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा रू ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ बराबरको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x