सांग्रिला डेभलप्मेन्ट बैंककाे १९ औँ साधारणसभा सम्पन्न
काठमाडाैं, २४ मंसिर । सांग्रिला डेभलप्मेन्ट बैंककाे १९ औँ साधारण सभा सम्पन्न भएकाे छ ।
गत आर्थिक वर्ष २०७९/८० काे नाफाबाट बैंकले आफ्नाे शेयर धनीलाइ ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेकाे छ । जसमध्ये बैंककाे शेयर पुँजीकाे ५ प्रतिशत रकम अर्थात् रू १६ कराेड ३३ लाख बाेनस शेयर तथा ०.२६ अर्थात् ८५ लाख ९८ हजार बराबरकाे नगद लाभांश वितरण गरिने छ ।
बैंकले गत आर्थिक वर्षमा २०७९/८० मा निक्षेप रू. ५२ अर्ब ५० कराेड संकलन गरेकाे छ । जुन गत वर्षकाे असार मसान्तसम्ममा तुलनामा ०.५८ प्रतिशत रहेकाे छ । यसैगरी साेही अवधिमा कर्जा तर्फ रू. ४२ अर्ब ८ कराेड पुर्याइएकाे छ । जुन गत आर्थिक वर्षकाे तुलनामा ३.२ प्रतिशतले घटि हाे ।
हाल सांग्रिला डेभलप्मेन्ट बैंकले कार्डलेस विथड्र सेवा , बैंक स्मार्ट तथा एसएमएस सेवा, क्युआर पेमेन्ट ,क्युआर स्क्यानर ,अनलाइन फिक्स डिपाेजिट रिक्वेस्ट,अनलाइन लाेन एप्लिकेसन जस्ता सेवाहरू प्रदान गर्दै आएकाे छ ।