Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

मलको पैसा रकमान्तर गरेर उखुको भुक्तानी गर्न ५२ करोड निकासा

मलको पैसा रकमान्तर गरेर उखुको भुक्तानी गर्न ५२ करोड निकासा

काठमाडौं, ४ पुस । अर्थ मन्त्रालयले मलको लागि छुट्याएको पैसा रकमान्तर गरेर उखुको भुक्तानी गर्न ५२ करोड रुपैयाँ निकासा गरेको छ । उक्त रकम मंगलबार निकासन गरेको अर्थ सचिव कृष्णहरि पुष्करले बताए ।

मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफूहरूले मंगलबार नै मलको ५२ करोड रुपैयाँ उखु किसानको समस्या समाधान गर्न रकमान्तर गर्ने निर्णय गरेको बताए ।

उनले बजेट बनाउँदा नै आफ्नो मन्त्रालय अन्तर्गत कति रकम आवश्यक पर्छ भनेर पूर्व तयारी गर्न पनि आग्रह गरे । पहिले बजेट सानो बनाउने र पछि रकामन्तर गर्नुपर्ने प्रवृत्ति बढेको भन्दै यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।

गत आइतबार सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रुपियाँ तत्काल भुक्तानी दिने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x