Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

आगामी आर्थिक बर्षको बजेट निर्माणको तयारीमा जुट्याे सरकार

आगामी आर्थिक बर्षको बजेट निर्माणको तयारीमा जुट्याे सरकार

काठमाडौं, ६ पौष । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको छ । गत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न भनेको छ ।

हिजो आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको बताए । यस्तै बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको लजिक सहित कार्यक्रम प्रस्ताव गर्ने, मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने गरी व्यवस्था मिलाउन पनि पत्राचार भएको जानकारी दिए ।

यस्तै राष्ट्रिय योजना आयोगले आगामी आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने समपूरक तथा विशेष अनुदानका आयोजना तथा कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्बन्धी सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिसकेको पनि जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x