राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक
काठमाडाैं, १० पुस । राष्ट्रिय वाणिज्य बैंक नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बनेकाे छ ।
नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानीत भएकाे छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए ।
बैंकले अन्तराष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित काेर बैंकिङ सफ्टवयर भित्र्याउन आइटि इनह्यान्समेन्ट राेडम्याप अन्तर्गत काम गरिरहेकाे बताए । उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरे ।
बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्युआर काेड सेवा, पिओ एस सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।