Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालय रि–इन्स्योरेन्सको ३० कित्ता आइपीओ सबैलाई, ४० कित्ता कतिले पाए ?

हिमालय रि–इन्स्योरेन्सको ३० कित्ता आइपीओ सबैलाई, ४० कित्ता कतिले पाए ?

काठमाडौं, ११ पौष । हिमालयन रि–इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ ।

३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x