Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्राेपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्राेपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडाैं, ११ पुस । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x