Date

शुक्र, मंसिर ७, २०८१
Fri, November 22, 2024

कोरिया रोजगारी : उत्पादनमूलक क्षेत्रतर्फ पहिलो दिनमै ४ हजार आवेदन

कोरिया रोजगारी : उत्पादनमूलक क्षेत्रतर्फ पहिलो दिनमै ४ हजार आवेदन

काठमाडौं, १७ पौष । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जहाज निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षामा सामेल भइसकेकाहरूले पनि सोमबारदेखि उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाइरहेका छन्।

सोही माग गर्दै गत शुक्रबार ललितपुरको बालकुमारीमा आन्दोलन गर्दा प्रहरीको दमनबाट २ युवक मारिएपछि सरकारले अन्य क्षेत्रमा सामेल भइसकेका परीक्षार्थीले पनि निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षाको फाराम भर्न पाउने व्यवस्था गरेको हो।   त्यसयता युवाहरूले ईपीएस कोरिया शाखामा दैनिक कोरियन भाषा परीक्षाको फाराम भरिरहेका छन्।

यस क्रममा पहिलो दिन सोमबार साँझ ६ बजेसम्ममा ४ हजार जनाले आवेदन दिइसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x