डिजिटल भुक्तानीमा एभरेष्ट बैंकको परिवर्तनकारी छलाङ
काठमाडाैं, १९ पुस । एभरेष्ट बैंकले डिजिटल भुक्तानीमा परिवर्तनकारी छलाङ मार्ने उद्देश्यले बिट्सक्राफ्ट प्राइभेट लिमिटेसँग महत्वपूर्ण सहयोगको घोषणा गरेको छ ।
बैंकका क्यूआर प्रयोगकर्ता व्यापारीका लागि ‘कोइली’को माध्यमबाट ‘इन्ट्रेस्ट भ्वाइस पेमेन्ट नोटिफिकेशन’सेवाको सुरुवात गरिएको छ । जसलाई बैंकले परिवर्तनकारी छलाङ भनेको छ ।
बैंकिङ क्षेत्रको अग्रणी एभरेष्ट बैंक निरन्तर डिजिटल कारोबारलाई आत्मसाथ गर्दै अघि बढेको छ । अत्याधुनिक इन्ट्रेष्ट अडियो पेमेन्ट नोटिफिकेशन (आईपीएन) टर्मिनल ‘कोइली’का माध्यमबाट व्यापारीले अब नेपाली, नेवारी, मैथिली, पोजपुरी र अंग्रेजीलगायतका भाषा छानेर भुक्तानी अलर्ट प्राप्त गर्न सक्ने छन् । वित्तीय स्वतन्त्रता एवं समृद्धिको बाटोमा यो रोमान्चक यात्रामा जोडिन सकिने बैंकले जनाएको छ ।