Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ४ प्रतिशत मात्र काम बाँकी, यस्तो छ अहिले सम्मको निर्माण अवस्था ?

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ४ प्रतिशत मात्र काम बाँकी, यस्तो छ अहिले सम्मको निर्माण अवस्था ?

काठमाडौं, ११ असार । दोलखा जिल्लाको उत्तरी भेगमा निर्माणधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजना निर्माण सम्पन्न हुन अब ४ प्रतिशत मात्र बाँकी छ । आज भन्दा दुई वर्ष अघि नै निर्माण सक्ने लक्ष्य लिइएपनि भूकम्प र नाकाबन्दीको कारण २०७२ सालभरि आयोजना निर्माणमा प्रतिकुल असर परेको थियो । जसको कारण आयोजना निर्माणको अवधी केही पर घकेलिन पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।

यो आयोजना निर्माण अन्तर्गत ठुल्ठूला चट्टान फोडेर ८.३ किलोमिटर सुरुङ मार्ग र नेपालमै पहिलो पटक सुरुङमार्ग मार्फत सडक पनि सञ्चालन गरिएको छ । सुरुङ खनेर सम्पन्न भएसँगै हाल ढलान लगायतका अन्य कामहरु धमाधम भइरहेको छ । ६ वटा युनिट राखेर विद्युत उत्पादन हुने आयोजनाको सबै यूनिटको अधिकांश उपकरण जडान सकिएको छ । त्यस्तै लामाबगरमा ड्याम निर्माणको काम पनि लगभग अन्तिम चरणका पुगेको उनले बताए ।

यो आयोजनालाई सुरुमा ३५ अर्ब रुपैयाँको लागत रहेको भएपनि हाल आयोजना सम्पन्न गर्न करिब ४९ अर्व रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत खिम्ती सवस्टेसनमा लगेर जोडिने छ । सवस्टेसन सम्म आवश्यक ४७ किलोमिटर प्रशारण लाईन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रशारण लाइनको एक सय २७ टावर निर्माण गर्नुपर्ने छ । राष्ट्रिय गौरवको यो आयोजना पूरा भएपछि भारतसँगको विद्युत परनिर्धरता समेत घट्ने अपेक्षा गरिएको छ ।

सरकारको राष्ट्रिय गौरवका आयोजनाहरुको सूचीमा राखेका विभिन्न आयोजनाहरु मध्ये यो तामाकोसी जलविद्युत आयोजनालाई अत्यन्तै राम्रो प्रगती भएको आयोजनाको रुपमा लिइन्छ । यसलाई राज्यले पनि विद्युत विकासको कोसे ढुङ्गाको रुपमा लिएको छ । आयोजना निर्माणसँगै जिल्लाको उत्तरी क्षेत्रमा सडक संजाल लगायतका अन्य पूर्वाधारहरु निर्माण भएका गरिएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x