नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौं, २ माघ । मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ दशमलव १७ विन्दुमा बन्द भएको हो ।
मंगलबार ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार सर्वाधिक कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेड (सोना) को भएको छ । उक्त कम्पनीको २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।