लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल
लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्नलागेको शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल
लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २८,०५,७५० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १०० का दरले कुल ने.रु. २८,०५,७५,०००÷– (अक्षरेपी अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।
मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।