Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

एकैदिन ताेलामा १२०० रूपैयाँले घट्याे सुनकाे मूल्य

एकैदिन ताेलामा १२०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं, ३ माघ । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । आज एकैदिन सुनकाे मूल्य ताेलामा १२०० रूपैयाँले घटेकाे हाे ।

छापावाल सुन आज ताेलाकाे १ लाख १८ हजार २०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे (मंगलबार) छापावाल सुन १ लाख १९ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै हिजाे प्रतिताेला १ लाख १८ हजार ८५० रुपैयाँमा काराेबार भएकाे तेजावी सुन आज ताेलाकाे  १ लाख १७ हजार ६५० रुपैयाँ तोकिएको छ ।

यता आज चाँदीकाे मूल्य ताेलामा १५ रूपैयाँले घटेर १०० कायम भएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x