Date

बिहि, फाल्गुन २९, २०८१
Thu, March 13, 2025

लगातार घट्दै प्रभु मनि ट्रान्सफरको आम्दानी, २०२३ मा ३० करोड ९० लाखमा झर्‍याे

लगातार घट्दै प्रभु मनि ट्रान्सफरको आम्दानी, २०२३ मा ३० करोड ९० लाखमा झर्‍याे

काठमाडाैं, ३ माघ । सन् २०२३ मा प्रभु मनि ट्रान्सफर प्रालिको आम्दानी पनि घटेको छ । २०२३ मा कम्पनीको आम्दानी ३० करोड ९० लाख रुपैयाँको आम्दानी गरेको छ । जुन २०२२ को तुलनामा ३० प्रतिशतले कम हाे ।

सन् २०२० मा ७० करोड रुपैयाँको कारोबार गरेकाे कम्पनीले २०२१ मा ५४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा कम्पनीले ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियाे ।

प्रभु मनि ट्रान्सफर सन् २००२ देखि रेमिट्यान्स सेवा प्रवाहमा काम गर्दै आएको छ ।विश्वभर १२ हजार नेटवर्क रहेकाे प्रभु मनि ट्रान्सफर मलेसिया, कतार, साउदी अरेबिया, कुबेत, युएई र अमेरिकामा नेपालीमाझ लाेकप्रिय छ । हाल कम्पनीका ६ हजार बैंकिङ ऐजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र करिब ३ हजार को–अपरेटिभ एजेन्ट छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x