६ महिनामा ७ खर्ब ६८ अर्बको आयात हुँदा ७४ अर्बको निर्यात
काठमाडौं, ३ माघ । चालु आर्थिक वर्ष (आव) को ६ महिनाको अवधिमा साढे ७ खर्बभन्दा बढिको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड ६६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो ।
नेपालले गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३ दशमलव शून्य ९ प्रतिशतले कम वस्तु तथा सेवा आयात भएको छ ।
विभागको तथ्यांक अनुसार चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा ७ दशमलव २३ प्रतिशतले घटेको छ ।
नेपालले गत आवमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा नेपालले ७४ अर्ब ९६ करोड ८१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।
विभागअनुसार चालु आवको ६ महिनाको अवधिमा २ खर्ब ९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।