दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं, ३ माघ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार १२ दशमलव १० अंकले घटेर २ हजार १६३ दशमलव शून्य ६ विन्दूमा बन्द भएको हो ।
बुधबार ३३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८० कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेका अनुसार २ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।
बुधबार सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेको छ । उक्त कम्पनीको ६५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।