Date

सोम, पुस २२, २०८१
Mon, January 6, 2025

काठमाडौं महानगरले ६ महिनामा उठायो करिब ५ अर्ब राजस्व

काठमाडौं महानगरले ६ महिनामा उठायो करिब ५ अर्ब राजस्व

काठमाडौं, ३ माघ। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा महानगरपालिकाले ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसवर्ष ३५ करोड रुपैयाँ बढीले राजस्व असुल भएको हो ।

सबैभन्दा बढी बहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व असुल भएको छ भने सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार रुपैयाँ असुल गरेको हो।

कामपाले चालु आर्थिक वर्षका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x