Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

कैलाश हेलिकप्टरले आईपीओ निष्कासन गर्ने

कैलाश हेलिकप्टरले आईपीओ निष्कासन गर्ने

काठमाडौं, ३ माघ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x