यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले विहिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा पुगेको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रूपैयाँ रहेको छ ।
बेलायती मुद्रा पाउण्ड १ खरिद मूल्य बराबर १६८ रुपैयाँ ३८ पैसा कायम भएको छ र बिक्री मूल्य १६९ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
त्यसैगरी स्विस फ्रान्सको विक्रीदर १ बराबर १५४ रुपैयाँ २४ पैसा तोकिएको छ भने खरिददर १५३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची