आईपीओको प्रस्तावसहित समा पेपर्सले बोलायो माघ २२ गते साधारण सभा
काठमाडौं, ४ माघ । समा पेपर्स एन्ड पब्लिकेसन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धका साथै आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकको निर्वाचन समेत गर्नेछ ।