Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सोनापुर मिनिरल्सको साधारण सभा माघ २६ गते,छैन शेयरधनीलाई लाभांश 

सोनापुर मिनिरल्सको साधारण सभा माघ २६ गते,छैन शेयरधनीलाई लाभांश 

काठमाडौं, ४ माघ । सोनापुर मिनिरल्सले १६ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले माघ २६ गते १६ औं साधारणसभा गर्ने निर्णय गरेको हो।

कम्पनीले साधारणसभामा लाभांश वितरण गर्ने कुनै प्रस्ताव राखेको छैन। यसले गर्दा सोनापुर सिमनिरल्सका शेयरधनीको यस वर्ष हात खाली हुने भएको छ।

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखेको छ।

यस्तै, सभामा हाल कायम चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने प्रस्ताव राखेको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले माघ ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *