Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

काठमाडौं, ४ माघ । गरिमा विकास बैंक लिमिटेडले सरल एसएमई कर्जा सार्वजनिक गरेको छ । बैंकले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको हो ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र शून्य दशमलव ७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत व्यवसाय र उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x