एनएलजी इन्स्योरेन्सको १८ औँ साधारण सभा फागुन ३ गते
काठमाडौं, ८ माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १८ औँ वार्षिक साधारण सभा फागुन ३ गते बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो
कम्पनीको साधारण सभा फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।