Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

राष्ट्र बैंकले साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

राष्ट्र बैंकले साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

काठमाडौं, ८ माघ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने २ किसिममा कूल १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनेका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ । जसमध्ये ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गरेर बाँकी पुरानै ट्रेजरीको नवीकरण गरिने बैंकले जानकारी दिएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x