६ महिनामा २ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात
काठमाडौं, ८ माघ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा आयात र निर्यात दुवै घटेको छ । निर्यात घटे पनि सिमेन्ट र क्लिंकरको निर्यात भने उल्लेख्य रुपमा बढेको छ।
चालु आर्थिक वर्षको ६ महिनामा पौने २ अर्ब रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात गरिएको छ। चालु आवको पुससम्म १ अर्ब ७६ करोड ३३ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको हो। गत वर्षको सोही अवधिमा ७७ करोड ९३ लाख रुपैयाँको निर्यात भएको थियो।
यो गत वर्षको तुलनामा १२६ प्रतिशत बढीको सिमेन्ट र क्लिंकर निर्यात भएको हो । सिमेन्ट र क्लिकंर १६ लाख ७२ हजार ३६८ टन निर्यात भएको तथ्यांक छ।