Shangrila

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

काठमाडौं, १३ असार । एनआईसी एशिया बैंकले झापाको कचनकवल गाउँपालिका, वडा नं ६, बनियानीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको सांसद बसन्त कुमार बानियाँ र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयूक्त रुपमा उद्द्धाटन गरे ।

बैंकले हाल मुलुकभर २ सय २४ वटा शाखा कार्यालय, २ सय १७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान आएको छ । त्यस्तै बैंकको वासलातको आकार १सय ७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू १ सय ४९ अर्ब रहेको छ । बैंकको ग्राहक संख्या पनि करिब ११ लाख ७५ हजार पुगेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *