Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

नेपालमा बैदेशिक लगानी बढ्दो, लगानीका लागि सबैभन्दा बढी चिनियाँ आकर्षित

नेपालमा बैदेशिक लगानी बढ्दो, लगानीका लागि सबैभन्दा बढी चिनियाँ आकर्षित

काठमाडौं, १३ असार । पछिल्लो समय नेपालमा बैदेशिक लगानी बढ्दो छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७४÷७५ को ११ महिना सम्ममा विभिन्न क्षेत्रमा ५२ अर्व ४२ करोड २९ लाख २० हजार रुपैयाँ बैदेशीक लगानी भित्रिएको छ । यो रकम गत आर्थिक वर्षको भन्दा ३८ अर्ब ५६ करोड ६२ लाख १० हजार रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा ३ सय ३९ आयोजनाको जम्मा ५२ अर्ब ४२ करोड २९ लाख २० हजार बैदेशिक लगानी भएको छ । यो आयोजनाको लागत भने ५७ अर्ब २९ करोड २१ लाख ६० हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्ष २०७३÷७४ मा ३ सय ५४ आयोजनाको जम्मा १५ अर्ब ५९ करोड ५० लाख १० हजार रुपैयाँ लगानी प्रतिवद्धता मध्ये १३ अर्ब ८५ करोड ६७ लाख १० हजार रुपैयाँ बैदेशिक लगानी भित्रिएको थियो । विभागका अनुसार चालु आर्थिक बर्षमा सबैभन्दा बढी लगानी उर्जा क्षेत्रमा भित्रिएको छ । उर्जा क्षेत्रको ६ वटा आयोजनामा ३६ अर्ब २५ करोड १ लाख ५० हजार रुपैयाँ बैदेशिक लगानी भएको छ । त्यस्तै पर्यटन क्षेत्रमा एक सय २७ वटा आयोजना संचालनका लागि ३ अर्व ४३ करोड ३७ लाख ३० हजार रुपैयाँ भित्रिएको छ । यो आयोजना संख्या चालु आर्थिक वर्षको सबैभन्दा धेरै हो ।

गत आर्थिक बर्षमा सबै भन्दा बढि पर्यटन क्षेत्रमा लगानी भित्रिएको थियो । विभागका अनुसार पर्यटनमा १ सय ३१ आयोजनामा ५ अर्ब ५२ करोड ८९ लाख ९० हजार रुपैयाँ लगानी भएको थियो भने सेवा क्षेत्रमा १ अर्ब ९५ करोड १० लाख रुपैयाँ र उत्पादन मुलक क्षेत्रमा ३ अर्व ६५ करोड ं५० लाख रुपैया बैदेशिक लगानी भित्रिएको थियो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कृषि तथा बन पैदावारमा १८, उर्जामा ६, सुचना प्रविधिमा २३, उत्पादन मुलक क्षेत्रमा ६०, खनिजमा १, सेवा मुलकमा १ सय ४, र पर्यटनमा १ सय २७ गरि जम्मा ३ सय ३९ आयोजनाको प्रस्ताव दर्ता भएको तथ्याङ्क उद्योग विभागको छ । हाल नेपालमा लगानी गर्न चाहाने मध्ये सबै भन्दा अग्रस्थानमा चीन रहेको छ । आर्थिक बर्ष २०७३÷७४ को ११ महिनामा चीनले कृषि तथा बन पैदावार, निमार्ण, सुचना प्रविधि, उत्पादन, खनिज, सेवा, पर्यटन गरी जम्मा १ सय ६७ क्षेत्रमा ९ अर्ब ५० करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार अमेरिकाले ३८, भारतले ३५, दक्षिण कोरियाले १३, जापानले १० क्षेत्रमा लगानी गरेका छन् । त्यस्तै बंलादेश,फ्रान्स र नेदरल्यान्डले ८–८ गरी जम्मा ३८ देशहरुले लगानी गरेका छन् । यद्यपी विदेशी लगानीमा दर्ता भएका उद्योग मध्ये पुर्ण रुपमा संचालनमा आएका छन् वा छैनन् भन्ने एकिकृत तथ्याङ्क भने हाल सम्म विभागसँग छैन ।

लगानीकर्ताहरुले राम्रो प्रतिफल र लगानीको सुरक्षालाई हेरेर मात्र लगानी गर्ने गरेको उद्योग विभागका सुचना अधिकारी दुर्गा प्रसाद भुसालले जानकारी दिए । उनका अनुसार अहिले नेपालमा पर्यटन, उर्जा, उत्पादन र सेवा जस्ता क्षेत्रमा बैदेशिक लगानीकर्ताहरुले लगानी गर्न रुचाएका छन् । उनले भने ‘कहिले भुकम्प त कहिले नाकाबन्दि, राजनैतिक अस्थिरता जस्ता समस्यामा मुलुक फस्दा लगानीकर्ताहरु निरुत्साहित बनेका थिए । तर देशमा स्थायी सरकार आए पछि बैदेशिक लगानीको दायरा फराकिलो हुने सम्भावना बढ्दो छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x