Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

लक्ष्यअनुसार राजश्व नउठ्दा दबाबमा सरकार

लक्ष्यअनुसार राजश्व नउठ्दा दबाबमा सरकार

काठमाडौं, १२ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा परेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षमा सरकारकाे लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा रहेकाे बताएका हुन् ।

‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ’ उनले भने ।

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको अर्थमन्त्री महतकाे भनाइ छ । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको उनले बताए ।

आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको भन्दै उनले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x