Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

श्री डिष्टिलरीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

श्री डिष्टिलरीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौ‌, १२ माघ । श्री डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ४ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा एभोकाडो क्याफे प्रा.लि, बालुवाटार, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले संस्थापक र सर्वसाधारणलाई विक्री गरिने शेयर प्रतिशत संशोधन गरी नियमावलीको सम्बन्धित नियम संशोधन गर्नेछ । यसका साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x