Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

बाराही हाइड्रोपावर पब्लिकको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बाराही हाइड्रोपावर पब्लिकको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं, १२ माघ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लाई नियुक्त गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन ।

अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती दिएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले बाग्लुङमा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x