Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा

सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा

काठमाडौ, १३ माघ । विश्वका कयौँ मुलुकहरूमा समाजमा सञ्चालन भइरहेको संस्थाहरूले आफ्नो समाजको केही न केही जिम्मेवारी वहन गर्नुपर्ने नीतिहरू व्यापक रूपमा फस्टाएका छन् । नेपालको ऐनमा नै यो कुरा समावेश भएता पनि केही सानो सङ्ख्याका संस्थाहरूले मात्र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निभाउँदै आएका छन् ।

यस्तै राजधानी काठमाडौँको धुम्ब्राराही स्थित रहेको साइपाल एकेडेमीले विद्यार्थीहरूलाई रिड्युस, रियुज र रि साइकलसम्बन्धी व्यवहारिक शिक्षाको ज्ञान दिँदै आफ्नो सामाजिक उत्तरदायित्व समेत पुरा गरेको छ ।

शुक्रवार बिहानसम्म करिब ५०० किलोग्राम बराबरको लत्ता कपडाहरू जम्मा पारेर साइपल एकेडेमीले सुखावती च्यारीटि स्टोरलाई हस्तान्तरण गरेको छ । उक्त लत्ता कपडाहरू कलेजका स्टाफ, शिक्षक गढ, स्कुल, कलेज र ए लेभलमा अध्ययनरत विद्यार्थीहरूले दान गरेर जम्मा पारेका हुन् ।

स्कुल, कलेज पढ्ने विद्यार्थीहरूको बढ्दो उमेर रहेको कारण पुरानो लुगाहरू उनीहरूलाई चाँडै सानो हुने भएकोले पुराना तथा सफा लुगाहरू दान गर्दाको परिणाम र औचित्यको बारेमा जानकारी गराई उक्त परिणाममा विद्यार्थीहरूले लुगाहरू दान गरेको साइपाल एकेडेमीका प्रधानाध्यापक गणेश जोशीले बताए । व्यवहारिक शिक्षाको ज्ञान दिनको लागि सुखावती च्यारीटिसँग सहकार्य गरेर यो डोनेश्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

ूनेपालमा सबै संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्नु पर्ने परिपाटी बल्लबल्ल विकास हुँदै गइरहेको छ । स्कुल लेभलदेखि विद्यार्थीहरूलाई समाजप्रतिको जिम्मेवारी महसुस गराउँदा भविष्यमा बल्ल यो परिपाटीको पूर्ण कार्यान्वयन हुन सक्ने प्रधानाध्यापक जोशीको भनाई थियो । यस्तो कार्यक्रमले यो जाडो याममा कसैको शरीर पनि तातिने र विद्यार्थीहरूमा समाजप्रतिको जिम्मेवारी पनि महसुस हुने भएकोले यस्ता कार्यक्रमहरू हरेक संस्थाहरूबाट भइराख्नु पर्ने धारणा प्रधानाध्यापक जोशीको रहेको छ ।

यस्तै उक्त कलेजमा अध्ययनरत एक छात्रा सुजेन सुवेदीले, कसैको फोहोर कसैलाई मोहर भन्ने शब्दले आफ्नो मन मस्तिष्कमा धेरै प्रश्नहरू उब्जाएको कारण यस डोनेश्न प्रोग्राममा आफू सक्रियताका साथ लागि परेको बताइन् । विद्यालयको कक्षाकोठाको ज्ञान भन्दा यस कार्यक्रमले दिएको व्यवाहारीक शिक्षाको महत्त्वलाई कुनै तुलना गर्न नसकिने उनले बताइन् । समाजमा उब्जिरहेको यस्तै माग र आपूर्तिको असन्तुलनलाई सन्तुलित बनाउन हरेक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निभाउँदा पनि देशमा ठुलो प्रभाव पर्ने मैले महसुस गरेकी छु, उनले भनिन् ।

उक्त लत्ता कपडाहरू साइपाल एकेडेमी प्रशासनले सुखावती च्यारीटि स्टोरलाई हस्तान्तरण गरेको छ । सुखावती च्यारीटि स्टोर सामाजिक उद्यमशीलता विधि अन्तर्गत सञ्चालित एक स्वतन्त्र र दिगो व्यवसाय हो । जसले प्रयोग भइसकेको तर प्रयोग गर्न मिल्ने सामग्रीहरू सङ्कलन, प्रशोधन गरी न्यून मूल्यमा बिक्री गर्दै आर्जित आय परोपकारी कार्यक्रमहरू जस्तै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, मानवीय सहयोग, राहत वितरण, सचेतना कार्यक्रम मार्फत सामाजिक हितका लागि सहयोग, पुन प्रयोग गर्ने संस्कार विकास जस्ता कार्यमा प्रोत्साहन गर्दै आएको संस्था छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x