Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

अवैध आयको व्यवस्थापन घरजग्गामा ! घरजग्गा स्टक एक्सचेञ्ज खोल्न व्यवसायीको माग

अवैध आयको व्यवस्थापन घरजग्गामा ! घरजग्गा स्टक एक्सचेञ्ज खोल्न व्यवसायीको माग

काठमाडौं, १३ माघ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ सम्मः अर्थतन्त्रको औसत आकार ४२.६६ प्रतिशत थियो। आर्थिक वर्ष २०२०–२१ मा मात्रै ३८.६६ प्रतिशतमा समेटिएको छ। मुद्रा मागविधिद्वारा गरिएको अध्यययनअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ सम्म  नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत ४०, ६० प्रतिशत र आर्थिक वर्ष २०२०–२१ मा जम्मा ४१–३१ प्रतिशत रहेको देखाएको छ।

यसरी अवैध कारोबारबाट आर्जित आयको व्यवस्थापन घरजग्गा कारोबारमार्फत गर्ने प्रवृत्ति बढेको छ । घरजग्गाको ठूलो खेलो गर्ने दलालहरूले जग्गाको अविराम अधिमूल्यांकनमा आधारित सट्टेबाजी प्रकृतिको कारोबारलाई विस्फोटक सीमामा पुर्‍याइसकेका छन् । सस्तोमा जग्गा खरिद गर्ने र त्यही जग्गालाई अधिक मूल्यांकन गराएर बैंकहरूबाट ऋण लिने अभ्यास अहिले व्यापक भएको छ । र, त्यसरी गरिने प्लटिङका यो वा त्यो राजनीतिक संरक्षकहरू छन् ।

घरजग्गामा हुने अनौपचारिक कारोबारलाई नियन्त्रण गर्न सरकारले शेयर बजारमा जस्तै घरजग्गा कारोबारमा पनि स्टक एक्सचेञ्ज कम्पनी खोल्नुपर्ने माग व्यवसायीहरुको छ।  नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सरकारले यो व्यवस्था गरे अवैध कारोबार पनि रोकिने र सरकारको राजस्वमा समेत ठूलो योग्दान पुग्ने अनुमान छ ।

अवैध आयको लगानी कुन क्षेत्रमा कति ?
घरजग्गा : ९९.९७ %
कृषि : ९६.४८%
भोजना तथा आवास : ५०.४२%
उद्योग : १६.३६%
निर्माण : १६.२६%
व्यापार : १४.८७%
खानी तथा उत्खन्न :४.९५%
शिक्षा : ०.१९%
बीमा र वित्त : ०.११ %

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x