Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

साताको शेयर कारोबारः नेप्से ७१ अंकले घट्दा २५ अर्बको कारोबार

साताको शेयर कारोबारः नेप्से ७१ अंकले घट्दा २५ अर्बको कारोबार

काठमाडौं, १३ माघ । यो साता नेप्से परिसूचक ७१ दशमलव ७३ अंकले घटेको छ । साताभरमा भएको ५ कारोबारमध्येमा यस साता पाँचै कारोबार दिन नेप्से घटेको छ । गत साता मंगलबारदेखि घट्न थालेको नेप्से यस साता भरी नै घटेर बन्द भयो ।

यो साता २५ अर्ब ९९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख ४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

आइतबार २५ दशमलव ६३ अंकले घटेको नेप्से परिसूचक सोमबार ३१ दशमलव ४९ अंक, मंगलबार शून्य दशमव ४० अंक, बुधबार १० दशमलव २५ अंक र अन्तिम कारोबार दिन ३ दशमलव ९४ अंकले घटेको हो ।

लगातार घटेको बजारमा होटल तथा पर्यटन समूहको परिसूचक भने १ दशमलव २१ प्रतिशत बढेको छ । बाँकी समूहका परिसूचक भने घटेका छन् । यो साता म्युचुअल फण्डको परिसूचक सबैभन्दा कम शून्य दशमलव २१ प्रतिशत घटेको छ ।

लगानी समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ६२ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंकको ४ दशमलव ८६ प्रतिशत, वित्तको ४ दशमलव ३६ प्रतिशत, लघुवित्तको ४ दशमलव शून्य ५ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत, बैंकिङको ३ दशमलव ६२ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव १२ प्रतिशत, जीवन बीमाको २ दशमलव ९० प्रतिशत, व्यापारिकको २ दशमलव २२ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव शून्य ५ प्रतिशत र अन्यको १ दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x