आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा २३ करोड माथी
काठमाडौं, १४ माघ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमास सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६ दशमलव १४ प्रतिशतले बढि हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो ।
चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२ दशमलव ३३ प्रतिशत बढि हो । गत आर्थिक सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोढ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले बढी हो ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ ।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिशेयर नेतवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको छ ।