आइतबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं, १४ माघ । साताको पहिलो कारोबार दिन (आइतबार) पनि नेपाली बजारमा सुन चाँदीको मुल्य स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको मुल्य आइतबार पनि स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १ हजार ४०० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।