बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा कारोबार ?

काठमाडौं, १५ माघ । सोमबार सुनको मूल्य बढेको छ । शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।