Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

रंगुन खोला हाईड्रोपावरको साधारणसभा फागुन ९ गते, आईपीओ निष्कासन गर्ने

रंगुन खोला हाईड्रोपावरको साधारणसभा फागुन ९ गते, आईपीओ निष्कासन गर्ने

काठमाडौं, १६ माघ । रंगुन खोला हाईड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने लगायत प्रस्ताव पारितका लागि आगामी फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ भने गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ ।

यसका साथै, सभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि  टुङ्ग्याउनेछ ।

त्यस्तै, सभामा सञ्चालक समिति गठन र स्वतन्त्र सञ्चालकको निर्वाचन समेत हुने छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x