Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

दोस्रो त्रैमासमा घट्यो आरम्भ चौतारीको खुद नाफा

दोस्रो त्रैमासमा घट्यो आरम्भ चौतारीको खुद नाफा

काठमाडौं, १८ माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तसम्मा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिसम्म लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटेसँगै खर्च बढेपछि लघुवित्तको खुद नाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ दशमलव २० प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ९ दशमलव शून्य ८ प्रतिशतले घटेको हो । पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रूपैयाँ ३९ पैसा रहेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x