Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेप्सेमा ३० अंकको गिरावट

नेप्सेमा ३० अंकको गिरावट

काठमाडौं, १८ माघ । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ३० दशमलव ९२ अंकले घटेर २ हजार ६७ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।

बिहीबार १ करोड १५ लाख कित्ता शेयर ४ अर्ब १८ करोड ६ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने २२६ वटाको घटेको छ । बाँकी रहेको एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

बिहीबार सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको ५४ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x