Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी, कुनको कति ?

हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी, कुनको कति ?

काठमाडौं, १८ माघ । विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, बरुण हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालयन उर्जा विकास कम्पनी, रिडी पावर, नारायणी डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

यी सबै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेका छन् । केहीले भने स्विकृति समेत पाइसकेका छन् ।

यी मध्ये  लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर, आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले ९९ लाख कित्ता, नारायणी डेभलमपेन्ट बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ भने एनएलजी इन्स्योरेन्स कम्पनीले ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता, छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता र जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x