Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

भारतको अनुदान: घोषणाको चौथाइ पनि दिँदैन, पछिल्लो ५ बर्षमा कुन बर्ष कति दियो ?

भारतको अनुदान: घोषणाको चौथाइ पनि दिँदैन, पछिल्लो ५ बर्षमा कुन बर्ष कति दियो ?

काठमाडौं, १९ माघ । भारत सरकारले नेपाललाई दिने अनुदानमा वृद्धि गरेको छ।

भारतीय वित्त मन्त्री निर्माला सितारमनले बिहीबार सार्वजनिक गरेको अन्तरिम बजेटमार्फत नेपाललाई दिने अनुदान बढाइएको हो।
गत आर्थिक वर्षमा भारतले नेपाललाई ५ अर्ब ५० करोड अनुदान विनियोजन गरेको थियो। अब १ अर्ब बढेर ६ अर्ब ५० भएको छ।
तर भारतले नेपाललाई घोषणा गरेभन्दा निकै कम मात्र अनुदान दिने गरेको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा भारतले घोषणा गरेको अनुदान रकमको एक चौथाइभन्दा पनि कम मात्रै नेपाललाई प्राप्त भएको छ ।

सन् २०१७ देखि २०२२ सम्म भारतले नेपाललाई ३८ अर्ब ५५ करोड भारु (संशोधितसहित) अनुदान दिने घोषणा गरेको थियो । तर, सोही अवधिमा नेपालले नौ अर्ब १९ करोड भारु मात्रै प्राप्त गरेको छ, जुन घोषणाको २३.८५ प्रतिशत मात्र हो  ।

कुन बर्ष कति घोषणा र कति आयो ?
– सन् २०१७/०१८ घोषणा :३ अर्ब ७५ करोड भारु
प्राप्ति : २ अर्ब ५८ करोड भारु

-सन् २०१८/०१९ घोषणा : ७ अर्ब ५० करोड भारु
प्राप्ति : ७२ करोड भारु

– सन् २०१९/२० घोषणा : १२ अर्ब भारु
प्राप्ति : १ अर्ब ५० करोड भारु

– सन् २०२०/०२१ घोषणा : ८ अर्ब ८० करोड भारु
प्राप्ति : ८१ करोड भारु

-सन् २०२१/०२२ घोषणा :६ अर्ब ५० करोड भारु
प्राप्ति : ३ अर्ब ५८ करोड भारु

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x